ठाँटी पोखरी(गोरखा), मंसिर १० - माओवादी स्थायी समितिको बैठक गोरखाको ठाँटी पोखरीमा बसिरहेको छ । विस्तारित बैठकलाई थप दुई दिन कसरी संचालन गर्ने बारे छलफल भइरहेको बताइएको छ ।
बन्द सत्रमा कार्यकर्ताहरुले नेतृत्व समक्ष गरेको विभिन्न खालको प्रश्नको जवाफ कसरी दिने बारे पनि शीर्ष नेताहरुबीच सहमति कायम गर्न बैठक बसेको हो । अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबीच कार्यकर्ताको प्रश्नको जवाफका विषयमा सामान्य सहमतिको प्रयास बैठकमा गरिएको स्रोतले जनाएको छ । विहान ९ बजेबाट बन्द सत्रमा नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।
विस्तारित बैठक भोलि-शनिबार) सकिदैंछ । समापन कार्यक्रमका विषयमा पनि बैठकमा छलफल हुँदैछ । समापनका दिन पालुङटारमा आमसभा गर्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks