Loving nepal news

Friday, November 12, 2010

केही दिनमै मतभेद अन्त्य हुने एमाले अध्यक्ष खनालको ठोकुवा


मकर श्रेष्ठ

काठमाडौ, कार्तिक २७ -

एमाले अध्यक्ष झलनाथ खनालले केही दिनभित्रै दलहरुबीचको मतभेद अन्त्य हुने ठोकुवा गरेका छन् । उनले हात्तीवन र गोकर्ण रिसोर्टमा भएका बैठकहरुमा गम्भीर छलफल भएको दावी गर्दै यस्तो ठोकुवा गरेका हुन् ।

'हात्तीवन र गोकर्ण बैठकमा केही भएन भनेर गलत प्रचार भयो' उनले एमाले भक्तपुर कमिटिले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा भने, 'बैठकले दलहरूबीचको असमझदारी र समस्या केलाएर एकताको आधार पहिल्याउन सहयोग गरेको छ ।'

उनले गोकर्ण बैठकले शान्ति प्रकृयालाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा छलफल गरी प्रस्ताव तयार गरेको जानकारी दिए । बैठकमा तयार भएको प्रस्तावबाट कुनै पनि पार्टी पछि हट्नु नहुने बताए पनि के प्रस्ताव बनेको हो भन्ने कुरा चाही भनेनन् ।

साथै उनले आफ्नो पार्टी प्रधानमन्त्री पद र कुर्सीका लागि नलड्ने बताए । उनले नेताहरुलाई शान्ति प्रकृया टुङ्गोमा पुर्‍याइ संविधान निर्माण नसकेसम्मा बिरोध र आरोप प्रत्यारो नलगाउन पनि आग्रह गरे ।

'एमाले राष्ट्रिय सहमति गर्न चाहान्छ जति पनि दलहरू छन् दलका मतभेद त्यागेर एकताबद्ध हुनुपर्छ' उनले भने, 'मलाई सिंहदरवारमा फोटो झुण्ड्याउने रहर छैन ।'

उनले सबैको साझा एजेण्डा राष्ट्रिय सहमति भएको उल्लेख गर्दै शान्ति प्रकृया, सत्ता साझेदारी, बजेट निर्माणका लागि सहयोगी हातहरु बढाउनु पर्ने बताए । 'बजेट रोक्न मिल्दैन, सहमतीय आधारमा बजेट ल्याउनु पर्छ' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks