काठमाडौ, कार्तिक १५ - प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा सोमबार १५ औं पटकको निर्वाचन हुँदैछ ।
दलहरूबीच सहमति नभएकाले आजको निर्वाचन पनि अर्थहीन हुने निश्चित छ ।
कांग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका एक्ला उम्मेदवार छन् । उनले उम्मेदवारी फिर्ता नलिएकाले आजको चुनावमा पनि माओवादी र एमालेले निर्वाचन प्रक्रियामा सहभागी हुने छैनन् । ती दलले पौडेलले उम्मेदवारी फिर्ता लिएको अवस्थामा नयाँ ढंगले सहमित खोज्न सकिने बताउँदै आएका छन् ।
कांग्रेसले भने आओवादीले बिगतमा गरेका प्रतिबद्धता कार्यान्वयनको भरपर्दो सहमति नगरेसम्म चुनावी प्रक्रियाबाट नबाहीरिने अडान लिदैं आएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks