काठमाडौ, कार्तिक १९ - राजनीतिक निकासका लागि साझा सहमति जुटाउन शुक्रबार प्रमुख तीन राजनीतिक दलका नेताबीच काठमाडौंको फाकेलस्थित हात्तिवन रिसोर्टमा बैठक वसिरहेको छ । राजधानी बाहिर लुक्लामा बैठक गर्ने भनिएपनि अन्तिम समयमा बाहिरको कार्यक्रम रद्ध गरिएको थियो ।
प्रधानमन्त्रीको अगुवाईमा भएका बैठकहरु निष्कर्ष विहीन भएपछि एकान्त ठाउँमा बैठक बस्ने नेताहरुको सल्लाह बमोजिम बैठक बसेको हो । प्रेस र सम्बन्धित दलका अन्य नेता कार्यकर्ताको पहुँच भन्दा बाहिर बैठक गर्ने र स्थान गृह मन्त्रालयले मिलाउने बिहीबार तय भएको थियो । नेताहरुबीच राजनीतिक गतिरोध,बजेट,शान्ति प्रक्रिया,संविधान निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ । संचारकर्मी लगायत अन्य लाई बैठकस्थलमा जान दिइएको छैन ।
बैठकमा तीन वटै दलका ५/५ जना नेता सहभागी हुने जनाइएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठक नयाँ सहमति कायम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । उनकै निवासमा देउसी खेल्न पुगेका रिपोर्टस क्लवका टोलीसंग उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
जारी बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल,उपाध्यक्षद्वय बाबुराम भट्टराई , नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा र कृष्णबहादुर महरा नेपाली काँग्रेसबाट सभापति सुशिल कोइराला,शेरवहादुर देउवा,रामचन्द्र पौडेल,कृष्ण सिटौला र रामशरण महत तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल,महासचिव इश्वर पोखरेल,नेताहरु केपी ओली र भरतमोहन अधिकारी सामेल छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks