Loving nepal news

Monday, November 15, 2010

हडताल हट्यो/ जनजीवन सामान्य

अर्जुन शाह

बाजुरा, कार्तिक ३० - विभिन्न माग राख्दै व्यवसायीहरूद्धारा सञ्चालित हडतालको बाह्रौं दिन आज मंगलबार अन्त्य भएपछि बाजुराको जनजीवन सामान्य हुँदै गएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा हडताल गर्दै आएका तिपाडाका बजार व्यवसायी, सडकमा मुआव्जा नपाएको भन्दै सडक अवरुद्ध गर्दै आएका ताप्रीसेराका स्थानीय बासिन्दा र निर्माण कार्यमा संलग्न ठेकेदारबीच सहमति भएपछि हडताल अन्त्य भएको हो ।

हडतालमा तिपाडाका व्यापारीहरूले ढुवानीका साधनहरू खच्चड, भेडा लगातयमा समेत रोक लगाएर व्यापार व्यवसाय ठप्प गर्दै आएकाले बाजुरा लगायत छिमेकी कणर्ाली अन्चलका जिल्लामा समेत खाद्यान्न लगायतका सम्पूर्ण सामग्रीहरू ढुवानी हुन सकेका थिएनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks