Loving nepal news

Wednesday, November 10, 2010

नेपालले बंगलादेशी बन्‍दरगाह प्रयोग गर्न पाउने

राजेश कोइराला

अमेरिका, कार्तिक २५ - बंगलादेशी विदेशमन्त्री डा. दिपु मोनीले चटगाउँ र मोङ्ला बन्‍दरगाह नेपाल, भारत र भुटानजस्ता छिमेकी राष्ट्रका लागि चाँडै खोलिने बताएकी छन् । भारतको त्रिपुरा राज्यको आगरतलामा आयोजित एक कार्यक्रममा बुधबार बोल्दै उनले उक्त जानकारी दिएकी हुन् ।

गत जनवरीमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणमा भएको सहमतिअनुरुप त्यसो गर्न लागिएको उनले बताइन । उत्तरपूर्वी भारत र बंगलादेश सम्बन्ध सुदृढ पार्न आयोजपत सम्मेलनमा बोल्दै उक्त सहमति कार्यान्वयनमा बंगलादेश दृढ भई लागिपरेको जानकारी दिइन् । उनले चटगाउँ बन्‍दरगाह पनि उत्तिकै प्रयोग गर्ने बताइन ।

नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेशले सामान ओसारपसारमा लामो समयदेखि आवतजावत सुविधा दिन चाहेको थियो ।

बंगलादेशले रेलवे सेवा दिन पनि इच्छा जाहेर गर्दै आएको छ । एक वर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको बैठकमा बंगलादेशी विदेशमन्त्री मोहमद मिजारुल क्युयेसले उक्त जानकारी दिएका थिए ।

त्यसअघि सन् २००९ सेप्टेम्बरमा भारतले नेपाल-बंगलादेश र भूटान-बंगलादेश रेलसेवाका लागि सहमति जनाएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks