Loving nepal news

Sunday, November 21, 2010

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु

मकर श्रेष्ठ

भक्तपुर, मंसिर ६ - गठ्ठाघरबाट सल्लाघारीतर्फ आइरहेको वा ३ च ७१५२ नम्बरको पिक अप भ्यानले नयांठिमीको चारदोबाटोमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई आइतबार राति ठक्कर दिंदा मोइटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे पनौंती ५ का सुरेश श्रेष्ठ र ६ का निरज श्रेष्ठको मृत्यु भएको हो । ठक्करपछि उनीहरुलाई गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार लागि लगिएको थियो । त्यहां उनीहरुको उपचार हुन नसकेपछि राजधानीको अन्नपूर्ण अस्पताल रिफर गरिएको थियो । दुई जनाको अन्नपूर्ण अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

पिक भ्यानका चालक लक्ष्मण तामाङलाई प्रहरीले पक्राउ गरिएको महानगरी प्रहरी वृत ठिमीका प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । ठक्करका क्रममा वा १ प ७२६१ नम्बर मोटरसाइकलमा सवार दुई जना पनि घाइते भएका छन् ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks