काठमाडौ, कार्तिक २२ - नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा अपरन्ह २ बजे बस्ने बैठकमा १२ औं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमको परिमार्जनबारे छलफल हुने जनाइएको छ ।
केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित नीति तथा कार्यक्रम परिमार्जन समितिले आफ्नो अन्तिम प्रतिवेदश सभापति सुशिल कोइरालालाई बुझाइसकेको छ । ६ पटक बैठक बसेर समितिले नीतिमा केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई परिमार्जन सहित समावेश गरेको छ । महाधिवेशपछिको पहिलो बैठकको निरन्तरता भएकाले महाधिवेशनकै विषय वस्तुले प्राथमिकता पाउने छ । त्यस्तै,तीन दलका शीर्ष नेताबीच फर्पिङमा भएको गोप्य वार्ताका विषयमा पनि केन्द्रीय सदस्यहरुले बि्रफिङ गरिने जनाइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks