कान्तिपुर संवाददाता
काठमाडौं, कार्तिक १६ - भारतीय सेनाका प्रमुख जनरल वीके सिंह डेढ महिनापछि नेपाल भ्रमणमा आउने भएका छन् ।
भारतीय सेना प्रमुख सिंहले आगामी पुस ५ गतेदेखि तीन दिनको भ्रमण गर्ने तय भए पनि कार्यक्रमबारे अन्तिम टुंगो लागिनसकेको दि काठमाण्डू पोस्टले जनाएको छ । गत मार्चमा सिंह सेना प्रमुख भएका हुन् ।
सिंहलाई राष्ट्रपति रामवरण यादवबाट मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने कार्यक्रम छ । नेपालका प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई पनि भारतीय राष्ट्रपति प्रतिभा पाटीलले गत मंसिर अन्तिम साता मानार्थ सेना प्रमुखको सम्मान प्रदान गरेकी थिइन् ।
प्रधानसेनापति गुरुङले ६ महिनाअघि नै सिंहलाई समय मिलाएर नेपाल भ्रमण गर्न निमन्त्रणा पठाएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks