प्रकाश अधिकारी
दैलेख, मंसिर १० - सरकारी तथा अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिला हिंसाविरुद्ध १६ दिने अभियान बिहीबारदेखि तामझामसाथ थालेका छन् । ७ वर्षदेखि घरेलु हिंसाको सिकार बनेका आमाछोरी भने यही बेला न्यायको बाटो पहिल्याउन नसकेर सुत्केरी अवस्थामा खुला आकाशमुनि रात कटाइरहेका छन् ।
जिल्ला प्रहरी र महिला अधिकारका क्षेत्रमा कार्यरत दुई गैरसरकारी संस्थाको छेउकै चौरमा उनीहरूको बास छ । सातापिच्छे महिला हिंसाविरुद्ध स्थानीय होटलहरूमा चर्का स्वर घन्काउने अधिकारकर्मीले खुला चौरमा रोई
कराइरहेका सौतापीडित यी आमाछोरीतिर ध्यान गएको छैन ।
सदरमुकामको चौरमा भवानी ६ ओखरबासकी ६३ वर्षीया चन्द्रकला थापा र ७ दिनकी सुत्केरी छोरी रामसरा न्यायको खोजीमा बसिरहेका छन् । सुत्केरीलाई न्यानो बनाउने गुन्द्रीबाहेक कुनै कपडा छैन । रातभर कठ्यांगि्रएको जीउलाई बिहानीको पारिलो घाममा सेकिनु उनीहरूका लागि एकमात्र विकल्प छ । शीतलहर र चिसो छेल्न पालको खोजीमा उनीहरू दिनैपिच्छे रेडक्रस कार्यालय धाए पनि केही पाउन सकेनन् । आमाछोरीले काम गरेर बिहानबेलुकाको छाक टाथ्र्यौ, गर्भवती भएपछि श्रीमान् बेपत्ता भए रामसराले भनिन्, 'न परिवारले अंश दिए न त माइती र छरछिमेकले सरसहयोग गरे ।' उनका पति नारायण नगरपालिका ७ का मानबहादुर खड्का दोस्रो बिहे गरेर लामो समयदेखि बेखबर छन् । चन्द्रकलाका सौताबाट जन्मिएका छोराछोरीले ७ वर्षअघि गाउँबाटै लखेटिएर उनीहरू सदरमुकाम छिरेका हुन् । बेसहाराको साथ कानुनले पनि लिँदो रहेनछ, आमाको भनाइ अथ्र्याउँदै छोरीले भनिन्, 'बस्ने ठाउँ र अन्नको व्यवस्था मिलाइदिन थुपै्र भलाद्मीको दैलो पुग्यौं तर हाम्रो पीडा कसैले सुनेनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks