Loving nepal news

Friday, November 12, 2010

छठ मनाइरहेका युवाको गोली हानी हत्या

श्यामसुन्दर शशि

जनकपुर, कार्तिक २७ - छठ मनाइरहेका युवाको जनकपुरस्थित अंगराजसर पोखरीमा शनिबार बिहान ३ बजेतिर गोली हानी हत्या गरिएको छ । जानकी चोकमा चस्मपसल गरेर बसेका २५ बर्षीय मुकेश दत्तको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

राती जाग्रमा बसेका मुकेश र अन्य साथीहरु पोखरी किनारामा तास खेली रहेको बेला पैदल आएका एक समुहले उनको घाँटीमा गोली हानेको थियो । गोली लागेर ढलेका मुकेशलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

गोली चल्दा करिव सय मिटरको दुरीमा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटिएका थिए । डिएसपी पोखरेलले भीड ठूलो रहेको र पडकाहरु पढ्की रहेकाले गोली चलेको अनुमान लगाउन नसिकएको बताए । गोली लागेर ढलेरपछि होहल्ला भएपछि मात्र प्रहरी थाहा पाएको थियो । त्यस क्षेत्रमा हजारौ तिर्थालु छठ मनाइरहेका थिए ।

मुकेशका दाजु मनोज द्वन्दकालमा माओवादी आरोपमा प्रहरीले बेपत्ता बनाएका थिए । अझै उनको अवस्था अज्ञात छ । बाबु पूर्व शिक्षक हुन् । घट्नाको कसैले जिम्मेवारी लिएको छैन ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks