Loving nepal news

Monday, November 22, 2010

भारतकै कारण प्रधानमन्त्रीको चयन भएन'

माधब अर्याल

पाल्पा-, मंसिर ७ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले छिमेकी मुलुक भारतकै कारण प्रधानमन्त्रीको निर्वाचन टुंगोमा पुग्न नसकेको बताएका छन् ।

उनले माओवादी नेतृत्वमा सरकार वन्न नदिनु भारतीय चलखेल भएको बताउँदै नेपालको अभिभाकत्वनै विदेशीको हातमा रहेको बताए । राप्रपा पाल्पाले तानसेनमा मंगलवार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थाको विकल्पमा अभिभावक नेपालमा नभएकोले भारतले निणर्ायकत्वको भूमिका खेलेको आरोप लगाए । उनले राजा हटिसकेपछिको विकल्पलाई संस्थागत गर्न नसक्दाको परिणाम अहिलेको नेपालको अवस्था भएको बताए ।

१६ औं पटक सम्म निर्वाचन हुँदा किन प्रधानमन्त्री चयन हुन सकेन प्रश्न गर्दै उनले माओवादीको नेतृत्वमा प्रधानमन्त्री चयन हुन लाग्दा भारतीय नेताहरुको चलखेल नै यसको प्रमाण भएको दावी गरे । गणतन्त्र घोषणा हतारमा गरेकोले नै अहिलेको परिस्थिती आएको बताउदै अध्यक्ष थापाले गणतन्त्रको नाम त राखियो तर, पुर्णता पाउन नसकेको बताए । प्रधानसेनापति प्रकरण पनि भारतीय चलखेलले गर्दा नै प्रोपोगण्डा बनेको बताउँदै उहाले अव जनवादी राजासहितको प्रजातन्त्रको समेत कल्पना गर्नुपर्ने अवस्था आएको बताए ।

उनले राजसंस्था अलग गरेर प्रजातन्त्र सुनिश्चित हुन नसक्ने बताउदै बाहृ्य शक्तिको चलखेल रोक्न अव गणतन्त्रवादी देखि राजावादी अट्ने प्रजातन्त्र आवश्यकता भएको बताए । उनले माओवादीलाई पालुङ्टार बैठकबाट इमान्दारीता पूर्वक राजासहितको प्रजातन्त्रको पक्षमा निर्णय गर्न आग्रह गरे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks