Loving nepal news

Friday, November 26, 2010

गोली प्रहारबाट महिला घाइते

जितेन्द्र खडगा

राजबिराज, मंसिर ११ - अज्ञात समूहको गोली प्रहारबाट सप्तरीको खेजपुर-८मा शुक्रबार राति एक महिला गम्भीर घाइते भएकी छिन् ।

तीन जनाको समूहमा आएका हतियारधारीले राति ३ बजे आफ्नै किराना पसलमा सुतिरहेकी रामबाबु साहकी २६ वर्षीया श्रीमती राधादेवी साहलाई तिन गोली प्रहार गरेका थिए । ढाडमा एक गोली लागेको साहको गम्भीर अवस्थामा उपचारका लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पद्म थापाले बताए ।

'केहि समान लिन छ' भन्दै कराएपछि साह समान दिन पसलको ढोका खोली बाहिर निष्केकी थिईन । बाहिर निकल्ना साथा हतियारधारीले अन्धाधुन्ध गोली फायर गरेका थिए । तर, छल्दा छल्दै एक गोली महिलाको ढाडमा लागेकोे छ । घटना बारे अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks