काठमाडौ, कार्तिक १७ - नेपाल पेट्रोल व्यवसायी महासङ्घले बुधबारदेखि यही कात्तिक २७ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको छ ।
महासङ्घले दीपावली र छठ पर्वलाई ध्यानमा राख्दै सर्वसाधारणलाई असुविधा भोग्नु नपरोस् भनेर आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।
महासङ्घले पेट्रोलियम पदार्थको ढुवानी गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुसारको तापक्रममा तेल लोड, अनलोड गर्नुपर्ने, सरकारले चैत १ गतेदेखि लागु गरेको वैज्ञानिक भाडादर कार्यान्वयन गर्नुपर्ने, भारतको बरौनीबाट तेल सुचारुरुपले आयात गर्न पाउनुपर्नेलगायतका माग राखी सोमबार र मङ्गलबार देशभर ढुवानी सेवा ठप्प बनाएको थियो ।
महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले आफूहरुले सोमबारदेखि सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम विभिन्न पर्वका कारणले कात्तिक २७ गतेसम्मका लागि स्थगन गरेको र सरकारले ती मागलाई सम्बोधन नगरेमा कात्तिक २८ गतेदेखि आन्दोलन सुरु गर्ने बताएका छन् ।
रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks