Loving nepal news

Friday, November 5, 2010

'माओवादीलाई सेना र हतियारको अहंकार'

काठमाडौ, कार्तिक १९ - प्रधानमन्त्री माधवकुमार नेपालले सेना र हतियारको आडमा माओवादीले अहंकार देखाएको आरोप लगाएका छन् । उनले सेना र हतियारको बलमा माओवादीले आफ्नो कुरा लाद्ना खोजेपनि त्यो पूरा नहुने बताए ।
एमाले काठमाडौं क्षेत्र न.३ ले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्रीले लोकतन्त्रमा कुनै पनि दललले सेना राख्न नपाउने बताए । उनले भने-'सेना राख्न पाइँदैंन,एक छिन पनि पाइँदैंन ।' माओवादीको सैन्य अहंकारबाट कोही पनि नतर्सिने उनको कथन थियो ।
उनले माओवादीको गतिविधिले दलहरुबीच अविश्वास पैदा भएको बताए । अविश्वासकै कारण राजनीतिक गतिरोधको अन्त्य हुन नसकेको उनको भनाई थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks