जनकपुर , कार्तिक १६ - जनकपुरको अति व्यस्त भानुचौकबाट मंगलवार विहान एक व्यावसायीको दस लाख रुपैयाँ लुटिएको छ ।
स्थानीय प्रहरी तथा रुपियाँ वाहकको सकृयतामा साढे सात लाखसहित एक भारतीय लुटेरा पक्राउ गरिएको छ । भानु चौकस्थित नेपाल बंगलादेश बैंकबाट बिहान साढे ११ वजे दस लाख रुपियाँ झिकेर सोही चौकस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न ल्याउँदै गरेको वेला बाटामै रकम लुटिएको थियो ।
व्यावसायी बलराम गुप्ताको उक्त रुपैयाँ उनका कर्मचारी विमल मण्डलले साइकलमा ल्याउँदै गरेको वेला लूटेराहरुले उनको साइकलमा किल अड्काएर उक्त रकम लुटेका थिए ।
लूटेरालाई मण्डल तथा भानुचौकमा ड्युटीमा रहेका प्रहरीले लखेटर करिव पाँच सय मीटर टाढा कदम चौकमा पक्राउ गरेका थिए । तर लुटेराको साथबाट साढे सातलाख रकममात्र बरामद भएको थियो ।
लुटेको साढे सातलाख सहित पक्राउ परेका १८ वर्षिय विशाल राय भारत पश्चिम वंगालको रहेको प्रहरीले जनाएको छ । लुटको घटनामा संलग्न रहेका अन्य लुटेराहरु फरार रहेका तथा प्रहरीले खोजी गरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks