Loving nepal news

Monday, November 1, 2010

सहमति भन्ने, कोसिस खोई ?'

कान्तिपुर संवाददाता

काठमाडौं, कार्तिक १५ - १५ औं चरणको निर्वाचन पनि सोमबार 'व्यर्थ' रहृयो । मुख्य दुई ठूला दल माओवादी र एमाले निर्वाचनमा सहभागी नभएपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको पराजय रोकिएको छैन ।

१५ औं पराजय भोगिसक्दा पनि न त पौडेलले निर्वाचनबाट बाहिरिने संकेत देखाएका छन्, न त सहमतिका लागि निर्वाचनमा सहभागी भएका दल र तटस्थ रहेका दलले सहमतिको प्रयास नै घनिभूत देखाएका छन् ।

'सहमतिका लागि अहिलेसम्म अड्किएको हो, सहमति गर्छु भन्नेले किन कोसीस गरेनन्, मैले बुझ्न सकिँन,' एक्लो दौडमा पनि जित्न नसकेका पौडेलले सोमबार पूर्व निर्धारित पराजय भोगेपछि भने । सहमतिको कुरा गर्ने दलले सहमति भन्न छाडिसकेको उनको भनाइ छ ।

सहमतीय सरकार बन्ने अवस्था नआएसम्म निर्वाचनमा सहभागी नहुने निर्णयमा रहेको एमालेले पनि आफ्नो अडान नफेर्ने दोहोर्‍याएको छ । तर पनि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको विकल्प नभएको बताए । 'अहिले पनि सहमतिको विकल्प छैन,' खनालले प्रधानमन्त्री निर्वाचनपछि सोमबार भने, 'त्यसका लागि टाउको ठण्डा पारेर यस विषयमा सोच्न म नेताहरुलाई आग्रह गर्दछु ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks