Loving nepal news

Friday, November 5, 2010

नदीमा युवक वेपत्ता

माधब अर्याल
पाल्पा, कार्तिक १९ - कालिगण्डकी नदीमा डुबेर पूर्वी पाल्पाको गाडाकोटका एक युवक बेपत्ता भएका छन् ।
बुधवार दिउँसो नदीमा डुवेर वेपत्ता भएका युवकको शुक्रवारसम्म शव फेला नपरेको परिवारजनले बताएका छन् । गाडाकोट-५ माझीटार बस्ने २१ वर्षिय भगवत मल्ल सोहि गाविसको-१ नम्वर वडाको कालीगण्डकी नदीमा बेपत्ता भएका हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक दोस्रो वर्षको परीक्षा दिएर घरमै बस्दै आएका भगवत नदी छेउमा रहेको डुङ्गामा खेल्नेक्रममा बेपत्ता भएका हुन् ।
उनीसँगै आठ जना साथी थिए । नदीमा खेल्ने क्रममा एक्कासी ढुगांमा पानी भरिएर डुगां डुबेपछि बेपत्ता भएको प्रहरीले बताएको छ । उनीसँगै रहेका अरु साथी भने पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए ।
बेपत्ता भएका युवकको खोजीकार्य गरिएको स्थानीय दानस मल्लले बताए । स्थानीयबासिन्दा र इलाका प्रहरी कार्यालय रामपुर गएको प्रहरी टोलीले खोजी गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks