अर्घाखाँची, कार्तिक २४ - वाईसिएलको कुटपिटबाट एमाले एक स्थानीय नेता गम्भिर घाईते भएका छन । अर्घाखाँची वाँगी गाविसको भडारमा एमाले अर्घा गाउँ कमिटीका अध्यक्ष मेख बहादुर कार्कीलाई वाईसियलले कुटपिट गरेको एमालेले जनाएको छ ।
भडारमा माओवादीको देउसी भैलो खेलिरहेको बेला भैलो हेर्न आएका कार्कीलाई वाँगी आरुखोर निवासी रेम बहादुर खडका र नारायण पाण्डे लगायतका वाईसिएल कार्याकर्ताले भैलो स्थलमै कुटपिट गरेका हुन् ।
एमाले जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरले बुधबार विज्ञप्ति निकालेर घटनाको निन्दा र भ्रत्सना गरेका छन् । बिज्ञप्तिमा कुटपिट गर्ने वाईसिएललाई कडा कारवाही गर्न माग गरिएको छ ।
माओवादी जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्काले कुटपिट गर्ने योजना नभएको बताए । उनले घटनामा संलग्न सबैले मदिरा सेवन गरेकाले आपसमा झगडा हुँदा कुटपिट भएको बताए । कुटपिट पछि घटनास्थलमै बेहोस भएका कार्कीलाई आफैले थप घटना हुन नदिन उनको भनाइ छ ।
कार्कीको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको छ । कार्कीको टाउको र अन्य शरिरमा गम्भिर चोट लागेको छ भने बोल्न समेत सक्दैनन् । अहिले उनको स्वास्थ्यमा सुधार हुदै गएको उपचारमा सहयोगी एमाले जिल्ला सदस्य सरोज भुसालले बताए ।
कार्की माथि कुटपिट गर्ने वाईसियलका रेम बहादुर खडका र नारायण पाण्डेलाई माओवादी जिल्ला इन्चार्ज खड्काको सहयोगमा नियन्त्रणमा लिएको डिएसपी बुद्धिराज गुरुङ्गले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks