Loving nepal news

Sunday, November 14, 2010

कांग्रेसको माग र सर्वोच्चको फैसलाबारे सभामुखद्वारा सात दलको शीर्ष नेतृत्वसंग परामर्श जारी

राजेन्द्र फुयाल/अब्दुल्लाह मियाँ

काठमाडौ, कार्तिक २८ - सर्वोच्चको सुझाववारे आफू अनुकुल व्याख्यागरी प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्नु पर्ने माग कांग्रेसले राखेपछि त्यस विषयमा सभामुख सुवाचन्द्र नेम्वाङले आइतबार सात दलका शीर्ष नेतृत्वसंग परामर्श गर्दै छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा सात दलको शीर्ष नेतृत्व लगायत प्रमुख सचेतकहरुसंग कांग्रेसको माग र सर्वोच्चको फैसलाबारे उनले छलफल गर्ने कार्यक्रम रहेको छ ।

छलफलका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बैठकमा सहभागी छन् ।

सर्वोच्चको फैसलाले अध्यक्ष नेम्वाङलाई अप्ठ्यारोमा पारेको छ । फैसलाको विषयमा शनिबार उनले प्रधामन्त्री, प्रमुख सचेतक र दलका नेताहरुसंग परामर्श गरेका थिए । प्रधानमन्त्रीको निर्वाचन मंगलबार हुंदै छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks