Loving nepal news

Monday, November 1, 2010

महिलाको रहस्यमय मृत्यु/चारदिन पछि पोष्टमार्टम

माधब अर्याल

पाल्पा, कार्तिक १५ - झुण्डिएर मृत्यु भएकी एक महिलाको शव चारदिनपछि पोष्टमार्टम गरिएको छ । शुक्रबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी खालीवन, ५ अर्भसिंहकी ३५ वर्षीया डिलकुमारी पचभैयाको शव चारदिनपछि मात्रै पोष्टमार्टम भएको हो ।

प्राथमिक स्वाथ्य केन्द्र, रामपुरमा डाक्टर नभएकोले शव पोष्टमार्टमा ढिलाई भएको हो । तानसेनबाट डाक्टर झिकाएर मात्रै पोष्टमार्टम भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक डम्वरसिंह थापाले बताए । मृतक पचभैयाको काकाससुरा जीतबहादुर पचभैयाका अनुसार डिलकुमारीेको शव उनकै घरमा झुन्डिएको अबस्थाामा फेला परेको हो ।

डिलकुमारीको आफन्तले आत्महत्या नभएर हत्या भएको आरोप लगाएका छन् । काका ससुरा जीतबहादुरले हत्या भएको हुन सक्ने भन्दै प्रहरीमा जाहेरी समेत दिएका छन् । प्रहरीका अनुसार मृत्युको कारण खुल्न सकेको छैन । श्रीमती डिल कुमारीको मृत्युपछि फरार रहेका उनका श्रीमान् डोब बहादुर पचभैयालाई प्रहरीले पाल्पाकै वीरकोट गाविसबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भीक अनुसन्धान भईरहेको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा सोमबार ल्याइएको छ । पोष्टमार्टमका लागि अस्पताल आएका मृतकका आफन्त र गाउँलेहरूले घटनाको कारक मृतकका श्रीमान् डोबबहादर भएको आरोप लगाएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks