काठमाडौं, कार्तिक १६ - नुवाकोटको सिर्पेस्थित चौरेभूमि माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर थापा मंगलबार विहान शिवपुरी जंगल नजिकैबाट अपहरणमा परेका छन् ।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षसितको प्रधानाध्यापक नियुक्ति विवादका कारण उनी अपहरण परेको हुन सक्ने आशंका व्यक्त गरे ।
राजिनामा गर्न धम्की दिइरहेको समूहबाट फुत्किन खोजेका बेला उनी अपहरणमा परेको ज्ञवालीले बताए । थापाको स्थिति अज्ञात छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks