सल्लेरी, कार्तिक १७ - स्विस सभामुख पास्कल र राजदूत थोमस गेस चढेको फिस्टेल एयरको हेलिकप्टरमा अचानक खराबी देखिएको छ ।
ओखल्ढुङ्गाको रुम्जाटार विमानस्थलबाट सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण गर्नासाथ फिस्टेल एयरको नौ एन ए जे आइ हेलिकप्टरमा खराबी आए पनि ठूलो दुर्घटना भने टरेको छ ।
सोलुखुम्बुमा स्विस सरकारको लगानीमा सञ्चालित आयोजनाको निरीक्षणका लागि फाप्लुमा अवतरण गरिसकेपछि हेलिकप्टर फेरि रुम्जाटार फर्कने क्रममा प्राविधिक खराबी आएको चालक दललाई उद्धृत गर्दै नागरिक उड्यडन कार्यालय फाप्लुले जनाएको छ । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks