Loving nepal news

Sunday, November 21, 2010

अनमिनलाई छक्याउँदै लडाकुहरू विस्तारित बैठकमा

बिनोद त्रिपाठी

चितवन, मंसिर ५ - संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को आग्रहलाई बेवास्ता गर्दै माओवादीका लडाकु धमाधम विस्तारित बैठकमा जान थालेका छन् ।

माआवबादी तेस्रो डिभिजन शक्तिखोर शिविरका लडाकु गोर्खाको पालुङटारमा आइतबारबाट सुरु पार्टीको विस्तारित बैठकमा सहभागी हुन त्यसतर्फ जाने लागेको हुन् । अनमिन र अन्य राजनीतिक दलले बैठकमा सहभागी हुन नपाउने बताएपनि पार्टीको निर्देशन बमोजिम बैठकमा जान लागेको डिभिजन स्रोतले जनाएको छ ।

बैठकमा सहभागी हुन लागेका लडाकुहरुले बिदामा बसेको अनमिनलाई जानकारी दिएको डिभिजन स्रोतले जनायो । शनिबार एक टोली गइसकेको र सामबारसम्म सबै लडाकु पालुङटार पुगीसक्ने कमाण्डरहरुले बताए । छनौट सबै लडाकु शिविरबाट एकैचोटी निस्कंदा झन बिरोध हुने भएकोले अलग- अलग समुह भएर बैठकमा गएको स्रोतको भनाई छ ।

सरकार, अन्य दलको बिरोध र अनमिनले माआवादीलाई बैठकमा लडाकु सहभागी नगराउन अनुरोध गरिसकेका छन् ।

डिभिजनका कमाण्डरले भने अनमिनको अनुरोधलाई ध्यानमा राखेर छनौट भएका सबै लडाकु कमाण्डर पालुङटार नजाने केहि प्रतिनिधिका रुपमा मात्र बैठकमा जान लागेको दाबी गरेका छन् । छनौट भएका सबै लडाकुहरू बैठकमा जांदैनन्, डिभिजन मुख्यालयका प्रवक्ता जनक बिष्टले कान्तिपुरसँग भने, 'राजनितिक बिषय, समायोजन प्रक्रिया लगायतका मुख्य कुराहरूको जानकारी राख्न केहि प्रतिनिधी मात्र बैठकमा जान्छौं ।' अनमिनको आग्रहलाई ध्यानमा राखेर सबै लडाकु बैठकमा नजाने निर्णय भएको उनले बताए ।

तर, डिभिजन मुख्यालय स्रोतका अनुसार छनौट भएका लडाकु बैठकमा जाने तयारीमा छन् । एक कमाण्डरका अनुसार, आधा भन्दा बढी लडाकु कमाण्डर पालुङटार पुगी सके भने अन्य आइतबार र सोमबार पुगिसक्ने छन् । तर, छनौट भएका २ सय लडाकु कमाण्डर नजाने दाबी माओबादी उच्च तहको भएपनि सबै लडाकु अनिबार्य पालुङटार बैठकमा आउन पार्टीले आन्तरिक रुपमा आदेश दिइसकेको स्रोतको भनाई छ ।

अनमिनको प्रमाणिकरणमा शक्तिखोर स्थित मुख्य र तीन सहायक शिविरमा ३ हजार ९ सय २५ जना लडाकु रहेका छन् । लडाकु कमाण्डरहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षधर बढी भएकोले अध्यक्षकै जोडबलमा छनोट भएका सबै कमाण्डरहरू पालुङटार बैठकमा सहभागी गराईएको स्रोतको बताएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks