Loving nepal news

Thursday, November 4, 2010

'फेन्सिडिल ओसारपसारमा सैनिक अधिकृतको संलग्नता छैन'

काठमाडौं, कार्तिक १८ - नेपाली सेनाले प्रतिवन्धित औषधि फेन्सिडिल ओसारपसारमा नेपाली सेनाका कुनै पनि अधिकृतको संलग्नता नभएको दाबी गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ती जारी गर्दै फेन्सिडिल ओसारपसारमा सैनिक अधिकृतको संलग्नता अस्वीकार गरेको हो । सेनाले ओसारपसारमा संलग्न भनिएका क्याप्टेन रोहित शाह नामका व्यक्ति नेपाली सेनामा नरहेको स्पष्ट पारेको छ । 'समाचारहरुमा प्रकाशित तथा प्रसारित भए अनुसारका क्याप्टेन रोहित शाह नाम गरेको सैनिक अधिकृत नेपाली सेनामा कार्यरत नरहेको जानकारी गराइन्छ,' विज्ञप्तीमा लेखिएको छ ।
नेपालगन्जका एक डीएसपीको नामबाट राजधानीमा कार्यरत नेपाली सेनाका क्याप्टेनको नाममा पठाइएको फलफूलको बाकसमा प्रतिबन्धित औषधि फेन्सिडिल धादिङको खानीखोलामा बुधबार बिहान स्थानीय बासिन्दा, प्रहरी र वाईसीएल कार्यकर्ताले बरामद गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks