मनोज पौडेल
कपिलवस्तु , कार्तिक २७ - सरकारी अनुदानको युरिया मल गैर कानुनी रुपमा बिक्री बितरणका लागि अन्यत्र झार्दै गरेको बेला जिल्लाको बहादुरगंजमा शुक्रबार राति पक्राउ गरिएको छ ।
भैरहवा स्थित कृषी सामग्री कम्पनी लिमिटेडबाट लु १ ख ४६०४ नम्बरको ट्रकमा ल्याईएको ४ सय बोरा मल फक्राउ गरिएको हो ।
जिल्लाको पश्चिमी क्षेत्रका कृषकहरूलाई बिक्री बितरणका लागि ल्याईएको मल कृषि साम्रगी बिक्री केन्द्र, बहादुरगंजमा नखसाली अन्यत्र झार्न लागेका बेला पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक माधव रिजालले बताए ।
मल शुक्रबार राति साढे १० बजेतिर कृषि साम्रगी बिक्री केन्द्र, बहादुरगंज नजिकैको गणेश प्लाई उद्योगमा झार्न लाग्दा पक्राउ गरिएको होे । पक्राउ परेको अनुदानको मलको मुल्य करिब साढे ३ लाख बराबरको रहेको छ ।
पक्राउ परेको मल, ट्रक चालक र कृषि साम्रगी बिक्री केन्द्र लि. बहादुरगंजका प्रमुख सुरेन्द्र मौर्यलाई कारबाही गर्न ईलाका प्रहरी कार्यालय, कृष्णनगर पठाईएको छ । यसैबीच उक्त मल गैर कानुनी रुपमा बिक्री बितिरण गर्न लागेको थाहा पाए पछि आफुले पक्राउ गरी प्रहरीलाई बुझाएको मधेशी जनाधिकार फोरम नेपालका सचेतक अभिषेकप्रताप शाहले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks