Loving nepal news

Monday, November 22, 2010

सडक दुर्घटनामा एकको मृत्यु, ३० घाइते

पवन यादव

बारा, मंसिर ७ - त्रिभुवन राजपथको बारा अमलेखगंज-४ स्थित सडकखण्डमा मंगलवार राति ११ बजेर ४५ मिनेट जादा एक ट्रक र एक यात्रुबाहक बस आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

मध्य क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय पथलैया बाराका अनुसार मृत्यु हुनेमा उदयपुर जिल्ला पञ्चवटी गाविस वडा नम्बर ४ का ४१ बषिर्य होमबहादुर आले मगर रहेका छन् ।

घाइते मध्ये पाच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचार वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

वीराटनगरबाट काठमाण्डौं जादै गरेको ना ४ ख ३८२२ नम्बरको यात्रुबाहक बस र काठमाण्डौबाट वीरगंज तर्फ आउदै गरेको ना ४ ख १२३० नम्बरको ट्रक पथलैया एवम अमलेखगंज वीचको जगंलमा जधेको थियो । दुर्घटनाग्रस्त बस र ट्रक सडकमा पल्टिए पछि राति १२ बजे देखि भएको सडक अवरुद्ध क्रेनले बस र ट्रक हटाए पछि विहान दुई बजे सुचारु भएको मध्य क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks