Loving nepal news

Monday, November 22, 2010

विस्तारित बैठकमा दाहालको प्रतिवेदन आज


गंगा बीसी

पालुङटार(गोरखा), मंसिर ७ - माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक(प्लेनम)मा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दैछन् । बैठकको तेस्रो दिन मंगलबार बिहान उनले आफ्नो प्रतिवेदन प्रस्तुत गर्न सुरु गरेका छन् ।

बन्द सत्रमा अध्यक्ष दाहालले आफ्नो प्रतिरक्षा गर्दै प्रतिवेदन पस्तुती जारी राखेका छन् । उनले सामूहिक नेतृत्वमै अगाडि बढेर क्रान्ति सफल पारिने दावी गरेका छन् । उनले शान्ति,संविधान र जनविद्रोहलाई उपयोग गर्दै अघि बढ्नपर्ने आशयको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले सोमबार प्रस्तुत गरेको आफ्नो प्रतिवेदनमा अध्यक्षको चर्को आलोचना गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks