Loving nepal news

Friday, November 19, 2010

विस्तारित बैठकमा लडाकु नलैजान प्रधानमन्त्रीको आग्रह


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर ३ - प्रधानमन्त्री माधवकुमार नेपालले विस्तारित बैठकमा लडाकु समावेश गर्ने विषयमा पुर्नविचार गर्न माओवादीलाई आग्रह गरेका छन् । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको जारी बैठकमा उनले लडाकु समावेश गर्दा शान्ति प्रक्रियामा नकारात्मक असर पर्ने बताए ।

समितिको बैठकमा यसअघ दुई पटक अनुपस्थित प्रधानमन्त्री नेपालले विस्तारित बैठकमा लडाकु समावेश गर्ने माओवादीको तयारीप्रति चिन्ता व्यक्त गरे । यसअघि अनमिनले पनि पत्र पठाई माओवादीलाई विस्तारित बैठकमा लडाकु समावेश गर्नु शान्ति प्रक्रिया विपरीत हुने भन्दै सचेत गराइसकेको छ ।

प्रधानमन्त्रीले नेपाली माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएको विषयमा सरकारले गम्भीर अध्ययन भइरहेको बताए । नेपालका लागि भारितीय राजदूत राकेश सुदले परराष्ट्र मन्त्रालयलाई पत्र लेखी नेपाली भू भागमा पाकिस्तानी आतंकवादी संगठन लश्करे ए तेयवासंग मिलेर नेपाली माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएको दावी गरेका थिए ।

उक्त विषयमा सरकारले पहिलो पटक आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । समितिको बैठकमा प्रधानमन्त्री नेपालले प्रशिक्षण दिएको विषयमा प्रयाप्त आधार र प्रमाण नभेटिएको जानकारी दिए । उनले दूतावासबाट प्राप्त गोप्य पत्र परराष्ट्र मन्त्रालयबाट सार्वजनिक हुन आपत्ती जनक भएको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks