काठमाडौ, कार्तिक ३० - राजधानीमा देखिएको पेट्रोलको अभावको समस्या मंगलबार साँझसम्म समाधान हुने आयल निगमले जनाएको छ । उपभोक्ताहरूले केही दिनयता मागअनुरूप पेट्रोल पाएका छैनन् ।
तिहारअघि ढुवानी व्यवसायीले दुई दिन पेट्रोलियम ढुवानी बन्द गर्दा निगमको थानकोटस्थित डिपोमा घटेको भण्डारण पूरा गर्न नपाउँदै छठका कारण दुई दिन ढुवानी हुन नसकेका कारण केही अभाव भएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले जनाए । निगमको थानकोट डिपोमा
उपत्यकामा सात दिन मात्र पुग्ने भण्डारण क्षमता छ ।
एकाध पम्पमा पेट्रोल नभएको सूचना देख्नासाथ पेट्रोल भर्न हतारिने प्रवृत्तिको कारण अभाव देखिएको उनले जनाए । रक्सौलबाट पेट्रोल नआए पनि निगमले आइतबार थानकोटको भण्डारणबाट झिकेर ३ लाख ५८ हजार लिटर पेट्रोल वितरण गरेको थियो । उपत्यकामा पेट्रोलको दैनिक खपत २ लाख ५० हजार लिटर छ ।
मंगलबार पनि रक्सौलबाट आएको सबै २ लाख ३१ हजार लिटर पेट्रोल बजारमा पठाइसकेको निगमले जनाएको छ । 'सबैले मोटरसाइकलवाहकले ट्यांकी भर्न खोजेकाले अभाव देखिएको हो,'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks