भक्तपुर, कार्तिक २६ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले तीन दलको जतिसुकै गोप्य बैठक बसेर सहमति गर्न खोजे पनि भारतले निर्देशन विना निकास संभव नभएको बताएका छन् ।
'तीन दलले जुन सुकै होटलमा गोप्य बैठक बसेपनि निकासका लागि दिल्लीको निर्देशन चाहिन्छ,' शुक्रबार भक्तपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने, 'दलहरुलाई दिल्लीले संकेत दिए मात्रै पनि सहमती हुन्छ ।'
पधानमन्त्री बन्न चाहने व्यक्तिले सरकारमा गएपनि गर्ने नीतिको बारेमा भारतलाई जानकारी गएपछि सरकार बनाउन दिने उनको जिकिर थियो । सरकार गठन र बजेट आउन ढिलाई भारतका कारण भएको आरोप लगाए । भारतले सरकार गठन र बजेट आउन रोकेको आरोप उनको थियो ।
भारतमा भएको १२ बुंदे सम्झौतासंग सम्बन्धित हरेक कुरा दिल्लीको निर्देशनमा भएको बताउँदै भारतले संकेत दिए दलहरु बीच तुरुन्तै सहमति हुने बताए । बजेट आउने कुरा समेत दिल्लीलाई थाहा हुने उनले बताए । भारतको निर्देशन बिना नेपालले केही गर्न नसक्ने बताउँदै उनले नेपालका तीन दलका नेता भारतको चंगोलमा फसेको आरोप लगाए । 'भारतको प्रभाव अझै दुई महिना रहन्छ,' उनले भने । भारतले पहिला राष्ट्र संघीय मिसन (अनमिन) जाओस भन्ने चाहेको बताउँदै उनले अनमिन गएपछि नेपालमा आफनो प्रभुत्व जमाउने र हाली मुहाली चलाई भरपर्दो शक्तिको रुपमा भारत रहन चाहेको दाबी गरे ।
नेपालका माओबादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने आरोप गलत भएको पनि उनले बताए । नेपालको माओबादीलाई झुकाउन र नेपाललाई दवाव दिई प्रभुत्व बढाउन यस्तो आरोप लगाएको उनको तर्क छ । 'हिन्दुस्थानका पत्यक्ष सहयोग नपाएको भए नेपालको माओबादी यो ठाउँमा पुग्ने थिएन,' उनले भने- 'भारतीय माओवादीलाई तालिम दिएको चर्चा मलाई विश्वास छैन, भारतलाई कहाँबाट निहुँ पाउँ र दवाव मात्र दिएको हो, माओवादीलाई झुकाउन मात्रै खोजेको हो ।' भारतकै कारण बिदेशी प्रमुखहरुलाई समेत नेपाल आउन नदिएको उनले आरोप लगाए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks