Loving nepal news

Friday, November 12, 2010

'शान्ति प्रकृयामा माओवादी गंभीर भएन'

शिव शर्मा

कास्की, कार्तिक २७ - काँग्रेस सभापति सुशिल कोइरालाले शान्ति प्रकृयामा माओवादी गभीर नभएको बताएका छन् । सत्ता प्राप्ति मात्रै माओवादीको उद्देश्य रहेको कोइरालले आरोप लगाए ।

'माओवादीको अडान आफनै नेतृत्वमा सरकार बन्नु पर्छ भन्ने रहेको छ' प्रेस युनियन जिल्ला शाखा कास्कीले शनिवार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'माओवादीको यही हठ्ले गर्दा सहमतिको वातावरण बन्न सकेको छैन ।' उनले माओवादीले हतियार र लडाकुको दम्भ बोकेर शान्ति प्रकृयालाई ओझेलमा पार्दै लगेको आरोप लगाए । उनले शान्ति प्रकृया र संविधान निर्माण अहिलेको प्राथामिकता भए पनि माओवादीबाट आश्वासन र भ्रम बाहेक अरु ठोस प्रतिकृया नआएको उनको भनाइ थियो ।

मुलुकमा कम्युनिष्ट शासन ल्याउने दिवा सपना नदेख्न माओवादीलाई उनले चेतावनी दिए । उनले माओवादीले संविधान निर्माण र शान्ति प्रकृयामा ठोस प्रतिवद्धता नजनाएसम्म काग्रेसको प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नहुने पनि बताए । 'काँग्रेसले सत्ता कब्जा गर्नका लागी नभएर लोकतान्त्रिक मान्यतालाई कार्यान्वयन गर्न उम्मेदवारी दिएको हो ।' उनले भने ।

संचारकर्मीको जिज्ञासामा कोइरालाले मुलुकमा राष्ट्रपति शासन आउने हल्ला मात्रै भएको प्रष्ट पारे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks