Loving nepal news

Monday, November 15, 2010

बर्दियाका काँग्रेस क्षेत्रीय कोषाध्यक्षको हत्या/स्थिति तनावपूर्ण

कमल पन्थी

बर्दिया, कार्तिक ३० - बर्दिया क्षेत्र नं २ नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष सानोश्री गाविसका दलबहादुर गुरुङको सोमबार राती अज्ञात समुहले हत्या हत्या गरेको छ ।

राती पौने १२ बजे तिर मोटर साइकलमा घर जाने क्रममा जिल्लाको सानो श्री गाविसको गुरास उच्च मावि नजिकै अज्ञात समुहले धारिलो हतियार प्रहार गरी उनलाई गम्भीर घाइते बनाएको थियो ।

घाइते गुरुङको सदरमुकाम गुलरियामा उपचार हुन नसकेपछि नेपालगञ्जस्थित एक नरसिंह होममा उपचारका क्रममा निधन भएको हो । प्रहरी उपरीक्षक सूर्य उपाध्यायका अनुसार उनीसंग मोटर साइकलमा आएका मेवालाल गौतम सामान्य घाइते भएको र अर्का एक जना भागेर प्रहरीलाई जानकारी गराएपछि तत्कालै एम्बुलेन्स बोलाएर घाइतेहरुलाई उपचारमा लगि पठाइएको थियो ।

घटनाका सिलसिलामा प्रहरीले सोही गाविसमा बस्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरु इलाका प्रहरी कार्यालय सानोश्रीमा राखिएको छ ।

आरोपितहरुलाई सार्वजनिक गरी जनतलाई जिम्मा दिनु पर्‍यो भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालयमा घेराउ गरेका छन् । उत्तेजित भीडले प्रहरी कार्यालयमा ढङ्गामुडा गरेको र प्रहरीले सामान्य बल प्रयोग गरी दइ राउण्ड असुर ग्यास प्रहार गरेको जनाएको छ ।

स्थिति मंगलबार दिउसो पनि तनाव पूर्ण छ । हत्याको विरोधमा सानो श्री गाविसबासीले कुसुम्ब बजार बन्द गराएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks