Loving nepal news

Monday, November 29, 2010

सेना समायोजन विशेष समिति बैठक सम्पन्न/सचिवालय संयोजक तोकिए

कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर १४ - सेना समायोजन विशेष समितिको मंगलबार बसेको बैठकले समितिको सचिवालय संयोजक तोकेको छ । समिति मातहतको प्राविधिक समितिका सदस्य बालानन्द शर्मालाई संयोजक तोकिएको हो । शर्मा नेपाली सेनाका पूर्व सहायक रथी हुन् ।

सचिवालयले माओवादी लडाकुको 'कमाण्ड कन्ट्रोल' गर्नेछ । समितिमा अन्य सदस्यहरु मनोनित हुन बाँकी रहेको छ । विशेष समितिका सदस्य माओवादी नेत जनार्दन शर्माले समिति संयोजकको चयन गरिएको बताउँदै आफ्नो पार्टीबाट कुनै साथीले समितिमा प्रतिनिधित्व गर्ने बताए । यसअघि समिति संयोजक पाए माओवादी नन्दकिशोर पुन पासाङलाई पठाउने माओवादीले तयारी गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks