Loving nepal news

Thursday, November 4, 2010

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौ, कार्तिक १८ - नवलपरासीमा बिहीबार छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
घर लिपपोत गर्दै गर्दा विजुली तारमा छुँदा अम्रौट २ अइकावलकी ४० वर्षिय धानमति चौधरीको मृत्यु भएको हो । यस्तै जहदा ९ भटोलियाका ४५ वर्षिय रामप्रित कहारको खलियामा काम गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।
दुवैको बिहीबार नै जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks