Loving nepal news

Wednesday, November 24, 2010

चन्द्रावती धमाधम


शिव शर्मा

कास्की, मंसिर ९ - राजकुमार-राजकुमारी जस्तै जोडी । हातमा तरबार लिएका एक युवक सेताम्मे पहिरनमा देखिएकी युवतीलाई बचाउने प्रयास गरिरहेका थिए । लाग्थ्यो, उनीमाथि कसैले आक्रमण गर्न आइरहेको थियो ।

पोखराको ढुंगेसाँघुनजिकै दोबिल्लामा राजु गिरी निर्देशित फिल्म 'चन्द्रावती' को सुटिङ भइरहेको थियो । राजकुमारको वेशमा थिए आयुष रिजाल (रणवीर) र राजकुमारी बनेकी थिइन् शशि खड्का (चन्द्रावती) । उनीहरुबीचको प्रेमकथा र सेनापति रणवीरले गरेको युद्धको दृश्य छायांकन भइरहेको थियो ।

'दुई सय वर्षअघिको बाइसेचौबिसे राज्यको अवस्था र पुरानो इतिहासलाई यो फिल्मले केलाउन खोजेको छ,' निर्देशक गिरीले भने, 'पछिल्लाे क्रममा बनेका नेपाली फिल्मभन्दा केही फरक कथामा यो बनिरहेको छ ।' उनले 'चन्द्रावती' मा इतिहास र वर्तमानलाई फ्युजन गर्ने खोजेको बताए ।

पोखराका रमणीय स्थलहरुमा छायांकन भइरहेको उक्त फिल्मका नायक आयुषले आफू यसपटक भिन्न भूमिकामा प्रस्तुत भएको उल्लेख गरे । 'धेरै सिनेमा खेले पनि यस्तो फरक भूमिका पाएको थिइनँ,' उनले भने, 'ऐतिहासिक भूमिकामा अभिनय गर्दा आनन्द आइरहेकेा छ ।'

शिव शर्माको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व रहेको 'चन्द्रावती' मा राजेश हमाल, कुशल थापा, युना उप्रेती, एलिजा रिजालले पनि अभिनय गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks