Loving nepal news

Tuesday, November 2, 2010

अमेरिकी राजदूतको सक्रियता / सभामुख नेम्वाङ–डेलिसी भेट

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक १६ - राजनीतिक गतिरोध बढ्दै गएपछि नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले शान्ति प्रकृया, संविधान निर्माण र सरकार गठनको विषयलाई लिएर आफ्नो सक्रियता बढाएका छन् ।

यसै सिलसिलामा उनले राजनीतिक दलका नेताहरु तथा राज्यका अधिकारीहरुसंगको भेटघाट तथा छलफल तिब्र पारेका छन् । साथै उनले सहमतिमै यि बिषयहरु टुङ्ग्याउन आग्रह गर्दै त्यसका लागि अमेरिका आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन् ।

मंगलबार अपरान्ह यही क्रममा उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटवार्तापछि संवाददाताहरुसंग उनले भने, 'शान्ति प्रक्रिया र संविधान निर्माणमा नेपाली जनताको प्रयासलाई अमेरिकी सरकार सम्मान गर्दछ ।'

अध्यक्ष नेम्वाङसंग राजदूत डेलिसीले शान्ति प्रक्रिया, संविधान निर्माण, सरकार गठनलगायतका विषयलाई लिएर चिन्ता व्यक्त गर्नुका साथै भविश्यमा कसरी जान सक्ला भन्ने विषयमा जिज्ञासा राखेका थिए । नेम्वाङका अनुसार चार महिनापछि हुने अनमिनको विदाई अघि नै माओवादी लडाकुको समायोजनका विषयमा बिशेष चासो व्यक्त गरेका थिए ।

यसअघि मंगलबारै बिहान राजदूत डेलिसीले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेर उही चासो र प्रश्न तेर्स्याएका थिए । भेटको मुल बिषय शान्ति प्रक्रिया, संविधान निर्माण र सरकार गठन नै थियो । यसअघि उनले काँग्रेस सभापति सुशिल कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग छुट्टा-छुट्टै भेटवार्ता गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks