Loving nepal news

Saturday, November 27, 2010

कांग्रेस केन्द्रीय समितिको बैठक आज


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर १२ - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अइतबार बस्दैछ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन विवादमा फसेको कांग्रेसको केन्द्रीय समितिको बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा अपरान्ह्र २ बजे बस्ने कार्यक्रम तय भएको छ ।

बैठकमा सभापति शुसिल कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल, महामन्त्रीमा कृष्णप्रसाद सिटौला तथा केही केन्द्रीय सदस्यमा मनोनयन प्रस्ताव गर्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । यसअघि एक व्याक्ति एक पदको अभिव्याक्ति दिएका कोइरालाले संसदीय दलका नेता समेत रहेका पौडेललाई उपसभापति बनाउने भएपछि विवाद बढेको हो ।

देउवा पक्षधरले भने उपसभापति र महामन्त्री मध्ये एक पद आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएका छन् । देउवा पक्षका मानिने केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सहमति बिना सभापति कोइरालाले गरेको मनोनयन मान्य नहुने बताउँदै प्याकेजमा मनोनयन गर्न आग्रह गरे ।

रेडियो कान्तिपुरसँग कुरा गर्दै श्रेष्ठले सम्पूर्ण सदस्यहरूलाई मिलाएर लैजानु नेतृत्वको जिम्मेवारी भएको बताउदै मनोनयनमा एकरुपता नभए आगामी दीनमा समस्या हुने चेतावनी दिए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks