Loving nepal news

Sunday, November 7, 2010

सशस्त्र समूहका कार्यकर्ताको डेरामा बम विष्फोट

कान्तिपुर संवाददाता

नेपालगन्ज, कार्तिक २२ - नेपालगन्जमा भूमिगत सशस्त्र समूहका एकजना कार्यकर्ताको डेरामा बम बिस्फोट भएको छ । नगरको वडान १६ स्थित कोरियनमा डेरागरी बस्ने बाँके पुरैनाका रिजवान बागवान बस्दै आएको कोठमा सोमबार बिहान सेकट बम बिस्फोट भएको हो ।

बिस्फोटनबाट बागवान घाईते भएका छन । उनको कोठामा शसस्त्र समूहका पर्चाहरु समेत फेला परेको छ । कोठाबाट ब्राईटल्याण्ड उच्च माबि र पशुपति माबिलाई ३ लाख रुपैया चन्दा दिन भनि लेखेका पत्रहरु समेत फेला परेको छ । प्रहरीले बिस्फोटमा घाईते भएका बागवानलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks