कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर ७ - अभिनेता राजेश हमाल दुई दशक लामो अभिनय यात्रामा पहिलोपटक पूर्णतः कमेडी रोलमा देखिँदै छन् ।
केही साताअघि मात्रै कपाल छोटयाएर नयाँ अवतारमा देखिएका राजेशले चरित्रमा पनि नयाँपन दिन लागेका हुन् । आइतबार मुर्हूत गरिएको 'हात लाग्यो शून्य' मा उनले झरना थापा, किरण केसी, सुशील पोखरेल, गोपाल ढकाल 'छन्दे' सँगै हाँसो जगाउने मोर्चा समाल्नेछन् ।
विजयविक्रम बस्नेत निर्देशक रहेको उक्त फिल्मको मुर्हूत समारोहमा परम्परागत शैली तोड्दै अभिनेता किरणले 'फिल्म चल्ने/नचल्ने तिम्रै हातमा' भन्दै राजेशको धूपआरती उतारेका थिए । उनले फिल्मले व्यावसायिक सफलता हात पारोस् भन्दै नाम जस्तो नियति नभोगोस् भनेर कामनासमेत गरेका थिए ।
केश छोट्याएपछि पहिलोपटक सार्वजनिक समारोहमा देखिएका राजेशले आफूले पहिल्यै कपाल काट्न चाहे पनि निर्माताले नै नदिएको बताए । 'निर्माताहरू मेरो कपालमै खेती गर्न चाहन्थे,' उनले हाँस्दै भने, 'नयाँ खेतीका लागि जोखिम मोल्न कोही तयार नभएकाले पनि मैले बेलैमा कपाल काट्न सकिनँ ।' राजेशले बाबुराम दाहाल निर्देशित 'फर्की आऊ' मा प्रहरीको भूमिकाका लागि केश कटाएर गेटअपलाई नयाँ लुक्स दिएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks