Loving nepal news

Tuesday, November 30, 2010

लिम्बुवान बन्दले पूर्वका नौ जिल्ला प्रभावित

रमेशचन्द्र अधिकारी

धनकुटा, मंसिर १५ - स्वायत्त राज्यको माग गर्दै संघीय लिम्बुवान राज्य परिषदले बुधबार गरेको बन्दका प्रभाव अरुण पूर्वका नौ जिल्लामा परेको छ ।

संविधानमा आफ्ना अधिकार सुनिश्चित हुनु पर्ने माग राख्दै आन्दोलनरत उक्त पार्टिले संविधान निर्माण हुन नसक्ने भन्दै स्वायत्त राज्यको घोषणा गर्दै आएको परिषदका केन्द्रीय सदस्य चन्द्रसिं लिम्बुले जानकारी दिए । बन्दका कारण कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् भने बजार, पसल र शिक्षण संस्थामा बन्दका असर सामान्य परेको छ ।

बन्दका कारण अरुण पूर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाचथर, इलाम, झापा, मोरङ् र सुनसरी जिल्ला प्रभावित रहेको स्थानीय प्रशासनले जनाएको छ ।

परिषदले माग पुरा नहुन्जेल प्रत्येक महिनाको १५ गते बन्द गर्ने अगि्रम घोषणा गरेको जनाएको छ ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks