Loving nepal news

Tuesday, November 30, 2010

चितवन बन्दको प्रभाव

दीपेन्द्र बडुवाल

भरतपुर, मंसिर १५ - पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा ज्यान गुमाएका सोमवहादुर दराईको परिवारलाई राहतको माग गर्दै बुधबार आव्हान गरिएको चितवन बन्दको प्रभाव परेको छ ।

माओवादी निकट अखिल नेपाल निर्माण मजदुर संघ जिल्ला समितिले आह्वान गरेको बन्दका कारण चितवनमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । संघका कार्यकर्ताहरु बिहानै बाट नारायणगढको पुल्चोक रत्ननगरको टाँडीमा जम्मा भएर सडक अवरुद्ध पारेका छन् ।सडकको बिभिन्न स्थानमा टायर समेत बालिएको छ । सो बन्दका कारण पूर्व पश्चिम भएर तथा काठमाडौ तथा पोखराका लागि हिडेका सयै सबारी साधन र हजारौ यात्रुहरु बिचै बाटोमा अलपत्रमा परेका छन् ।

बन्दको समयमा शैक्षिक संस्था भने संचालन हुन दिने भनिएपनि शिक्षक तथा विद्यार्थीले चलाएका मोटरसाईकललाइ भने गन्तब्य सम्म जान दिइएको छैन ।

साईकल चोरीको अभियोगमा स्थानियबासीले पक्राउ गरि प्रहरीमा बुझाईएका रत्ननगर १३ जयमंगलाका दराईको असोज ६ गते मृत्यु भएको हो । हिरासतमा रहदा आत्महत्या प्रयास गरेका दराईको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्ननगरले बताएको छ भने दराईका परिवार तथा आफन्तले प्रहरीको यातनाका कारण उनको मृत्यु भएको बताउदै आएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks