काठमाडौ, कार्तिक ३० - अन्तरिम संविधान संसोधन गरी कामचलाउ सरकारले मंसिर ३ गते नयां बजेट ल्याउने सहमति भएको छ । तीन दलका शीर्ष नेतृत्वबीच मंगलबार सिंहदबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा माओवादी उपाध्यक्ष बाबुराम भटटराई, कांग्रेस नेता रामशरण महत र एमाले नेता भरतमोहन अधिकारीको सहभागिता रहेको थियो ।
सोमबार गोकर्ण रिसोर्टमा भएको तीन दलका शीर्ष नेतृत्वको बैठकले आर्थिक संकट टार्न सहमतिमा बजेट ल्याउने निर्णय गरेको थियो । यस अघि नै सरकारले संसदमा बजेट पेस गर्न मंसिर ३ गते समय मागिसकेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks