Loving nepal news

Tuesday, November 16, 2010

यिनी हुन् वेलायती राजकुमारका मंगेतर


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर १ - बेलायती राजकुमार र केट मिड्लटन बीच मंगलबार इन्गेजमेन्ट भएको छ । विलियमले हिराको औंठी लगाइ दिइन् । बीबीसीका अनुसार दुवै जनाले संयुक्त रुपमा दिएको टेलीभिजन अन्तरवार्तामा विलियमले त्यो रिंग आफ्नी आमा डायनाको इन्गेजमेन्ट रिङ् भएको बताए ।

विश्वकै मिडियाका लागि मंगलबार 'हट केक' बनेको यो रोयल इन्गेजमेन्टका नायिका, राजकुमारका मंगेतर अर्थात बलायतकी भावी रानी केट राजकुमार विलियम भन्दा छ महिना जेठी छिन् । गत अक्टोबरमा विलियमले केन्यामा छुट्टी मनाउने क्रममा प्रस्ताव राखेका थिए ।

दुवै जना सात अघि सेन्ट अन्द्रेवेस् विश्वविद्यालयमा विद्यार्थी हुँदा भेट भएदेखि संगै छन् । उनीहरुको त्यहाँ संगै बसेका साथीहरुका अनुसार सन् २००५ को स्विस अल्पसमा स्की गर्न जाँदादेखि उनीरुबीच डेटिङ सुरु भएको हो ।

केट व्यवसायी परिकारकी जेठी सन्तान हुन् । बाबु व्यापारी हुन् भने आमा पुर्व विमान परिचारिका हुन् । एजेन्सीहरुले उनीहरु आफै बनेका व्यवसायी भएको उल्लेख गरेको छ ।

यो जोडीबीच सन् २००७ मा केही असमझदारीसमेत आएको थियो । 'त्यस बेलामा खुशी थिइन' केटले छोटकरीका भनेकी छन् । राजकुमार विलियमको विवाहको कुराले बेलायतमा तरंग नै पैदा गरेको छ । प्रधानमन्त्रीदेखि जनतासम्मले बधाइ दिएका छन् । हाम्रो पनि बधाइ यो रायल जोडीलाई ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks