Loving nepal news

Friday, November 19, 2010

सर्वोच्चको न्यायधीशका लागि नाम सिफारिस

कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर ३ - न्याय परिषद्को शुक्रकबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीशका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । पुनरावेदन अदालतका तीन जना न्यायाधीश तथा कानून व्यवसयीबाट दुई जनाको नाम सिफारिस गरिएको हो ।

परिषद्ले पनरावेदन अदालतका मुख्य न्यायधीशहरु क्रमशःवैद्यनाथ उपाध्याय,तर्कराज भट्ट र ज्ञानेन्द्र कार्कीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको छ । उपाध्याय,भट्ट र कार्की क्रमश पाटन,बुटवल र पोखराका पुनरावेदन अदालतका मुख्य न्यायधीश हुन् ।

त्यस्तै कानून व्यवसायीबाट कमलनारायण दास र भरतबहादुर कार्कीको नाम पनि सर्वोच्चको न्यायधीशका लागि सिफारिस गरिएको छ । कार्की वर्तमान महान्यायधिवक्ता हुन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks