Loving nepal news

Friday, November 19, 2010

चरिकोट कारागारमा विद्रोह


राजेन्द्र मानन्धर

चरिकोट, मंसिर ३ - दोलखा कारागारका बन्दीहरुले सुरक्षाकर्मीको अन्यायपूर्ण गतिविधि बन्द गर्नुपर्ने र मानवीय आधारभूत सुविधाको माग राख्दै शुक्रवार कार्यालय समय सुरु हुनेवित्तिकै आन्दोलन थालेका छन् ।

विभिन्न आठ सूत्रीय माग राखी बन्दीहरुहले कार्यालय सुरु हुनेवित्तिकै कारागारको मूलढोकामा आएर नारावाजी गरेका छन् । उनीहरुले मूल ढोकामा सुरक्षा इन्चार्जविरुद्ध नारावाजी गरे भने कारागारमा दिशापिसाव गर्ने व्यवस्थासमेत मानवीय सुविधा अनुरुप नभएको आरोप लगाए । नारावाजी गर्दै लोकतान्त्रिक कैदी/वन्दी हकहीत संघर्ष समितिको नामबाट प्रेस विज्ञप्ती जारी गर्दै सुरक्षा इन्चार्ज सई रामनारायण गौतमको सरुवाको माग गरिएको छ । उनले बन्दी/कैदीसंग मोबाइल रिचार्ज कार्ड हालिदिन र विभिन्न कारणले रकम माग्ने गरेको आरोप लगाइएको छ । तर सई रामनारायणले आफ्नो दायित्व पूरा गर्न नियम अनुसार गरेका कारणले अनावश्यक आक्षेप लगाइएको बताए ।a

समयमा कोठामा थुनेर राखिएकाले दिशापिसाव गर्न समस्या भएको, औषधी उपचारको वन्दोवस्तो नभएको, मनोरञ्जनको सामाग्री नभएको, किनमेल गर्न जाने कुरामा छुट नदिइएको र कारागार सरुवाको मौका नदिएकोले विद्रोह गर्नुपरेको संघर्ष समिति संयोजक जितेन्द्र सिंहले बताए । उनले तत्काल माग पूरा गर्नसमेत अनुरोध गरेका छन् । कारागार प्रमुख राजकुमार गौतमले उनीहरुको पाँच वटा माग पूरा गर्न सहमती भइसकेको बताए । सरुवाको विषयमा भने केन्द्रबाट स्वीकृति नआएको उनले बताए ।

नेपालकै चौथो पुरानो जेलमा ३५ जना थुन्न मिल्ने भए पनि क्षेमता भन्दा बढी ४६ जना राखिएको छ । पुरुष बन्दी राखिने कारागारमा एक महिनासमेत कष्टसंग राखिएको छ । महिलालाई तत्काल रामेछाप कारागार सरुवा गरिने प्रमुख गौतमले बताए । मानवअधिकारवादीको निरिक्षणमा उक्त जेलमा २७ जना भन्दा राख्न नमिल्ने प्रतिवेदनमा उल्लेख गरेका छन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks