Loving nepal news

Friday, November 12, 2010

मोबाइल गुणस्तर अध्ययन गरिने

कान्तिपुर संवाददाता

काठमाडौ, कार्तिक २७ - सरकारले चालू आर्थिक वर्षमा आधारभूत टेलिफोन, मोबाइल फोन र इन्टरनेट सेवाको गुणस्तरसम्बन्धी अध्ययन गर्ने योजना बनाएको छ । दूरसञ्चार क्षेत्रमा गुणस्तरीयताको प्रश्न लगातार उठिरहेको अवस्थामा दूरसञ्चार प्राधिकरणले यस्तो गर्न लागेको हो ।

प्राधिकरण मुलुकका प्रमखु चार सहरका साथै तीन वटा राजमार्गमा मोबाइल सेवाको गुणस्तर अध्ययन गर्ने भएको हो । उसले सुरुमा विराटनगर, काठमाडौं, पोखरा र नेपालगन्जमा अध्ययन गर्नेछ । यस्तै पूर्व-पश्चिम, काठमाडौं-पोखरा र तातोपानी-रक्सौल -रक्सौल हुँदै काठमाडौंबाट तातोपानी) राजमार्गमा अध्ययन हुनेछ ।

मोबाइल फोनको गुणस्तर परीक्षण गर्न लागेको यो दोस्रोपटक हो । यसअघि प्राधिकरणले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेडालाई यो अध्ययन गर्ने जिम्मेवारी दिइएको

थियो । तर अहिलेसम्म प्रतिवेदन आएको छैन । यस आवमा प्राधिकरणले सेवा प्रदायक कम्पनीको अवस्था, सेवा महसुल दर र टावर तथा पूर्वाधारको बाँडफाँडबारे पनि अध्ययन गर्ने जनाएको छ । उसले ग्रामीण क्षेत्रमा सस्तो मूल्यमा सेवा पुर्‍याउनेबारे पनि अध्ययन गर्ने भएको छ ।

'अध्ययनले उपभोक्तामाझ गुणस्तरीय सेवा पुर्‍याउन सघाउने दीर्घकालीन रणनीति बनाउन सघाउँछ,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'हामी ग्रामीण क्षेत्रमा भएको दूरसञ्चार पूर्वाधारको विकास, सेवालाई प्रतिस्पर्धी बनाउन नयाँ कम्पनीलाई अनुमति दिने, नयाँ प्रविधि भित्र्याउने बारे पनि अध्ययन गर्छौं ।'

आप्टिकल फाइबरको विस्तारबारे पनि अध्ययन गरिने उनले बताए । मोबाइल सेवाका साथै प्राधिकरणले आधारभूत फोन र इन्टरनेट सेवाबारे पनि अध्ययन गर्ने भएको छ । कम्पनीले लाइसेन्स सर्त, सेवा र शुल्कबारे यसमा अध्ययन हुनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks