Loving nepal news

Wednesday, November 10, 2010

जनताले सडक बाटै नया संविधान घोषणा गर्ने छन् : माओवादी नेता बोगटी

भक्तपुर, कार्तिक २४ - माओवादी सचिव पोष्ट बहादुर बोगटीले सविधान सभाबाट सविधान घोषणा नभए जनताले सडक बाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् ।

नेवा मुक्ति मोर्चा नेपाः र नेवाः मुक्ति मंकाः दबुले नेपाल सम्बत ११३१ को अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा उनले त्यसको नेतृत्वका माओवादीले नै गर्ने समेत बताए ।

मुलुकमा राष्ट्रपतिलाई शासन दिएर संकटकाल लगाई राष्ट्रपति शासन लागु गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले काँग्रेस र एमाले त्यसको पक्षमा उभिए जनताले अन्तिम लडाई लड्ने बताए ।

अहिले दलहरु वीच भईरहेको वार्तामा सहमतिका लागि माओवादीले हदैसम्मको लचकता अपानाइरहेको पनि उनको भनाइ थियो । 'सहमति नभए जनताको पक्षमा गर्ने माओवादी आन्दोलनले सबै यथास्थीतिवादीलाई सिध्याउने छ' उनले भने ।

माओबादीको अहिलेकै आन्दोलन सदन र टेबलमा भइरहेको उनले बताए । यो आन्दोलनबाट पनि जनता र राष्ट्रको पक्षमा कुनै निर्णय हुन नसके सडकबाट पुनः आन्दोलन सुरु गर्ने उनले बताए ।

बोगटीले सरकार सञ्चालनदेखि प्रशासनिक क्षेत्रमा समेत भारतले खुल्ला हस्तक्षेप गरेको बताउँदै यसलाई निस्तेज पार्न जनता उर्लनु पर्ने पनि बताए ।

राष्टिय स्वाधिनतको संरक्षण र राज्य पुनर्संरचनाको अवधारणामा नेपाली काँग्रेस नकरात्मक रहेको र एमाले अस्पष्ट रहेको उनको आरोप थियो । माओवादीले आत्मनिर्णयको अधिकार सहित जातीय एवं क्षेत्रीय राज्य निमार्ण हुनु पर्दछ भन्ने मान्यता रहेको र यसमा अडिग रहेको उनले बताए ।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य हितमान शाक्यले नेपाली काँग्रेसले विदेशीको इशारामा चलेर मुलक डुवाउन खोजेको आरोप लगाउदै नेपाललाई अफगानिस्तान बनाउन खोजेकोले त्यसका विरुद्ध लड्न कार्यकर्तालाई तयारी अवस्थामा रहन समेत आग्रह गरे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks