Loving nepal news

Sunday, November 21, 2010

बाघ सम्मेलनमा प्रधानमन्त्री आज रुस जाँदै


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर ५ - बाघ पाइने मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व टोली आइतबार रुस जाँदैछ ।

प्रधानमन्त्रीको टोली राति १० बजे त्यसतर्फ जाने कार्यक्रम रहेको छ । कामचलाउ सरकारको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय सम्मेलनमा नजाने भने पनि प्रधानमन्त्री नेपालले अन्तिम समायमा रुस जाने निर्णय गरेका हुन् ।

आइतबार देखि पाँच दीन सम्म रसीयाको सेन्टपिटरसवर्गमा हुने सम्मेलनमा चोरी शिकारी र अबैध व्यापारले संकटमा पारेको बाघ जोगाउनेबारे बहस केन्द्रीत हुनेछ ।

गत वर्ष नेपालमा भएको बाघ कार्यशालामा रसीयाली राष्ट्र प्रमुख व्लादीमीर पुटिनले बाघ पाइने मुलुकहरुलाई निम्तो दिए अनुसार सेन्टपिटरसवर्गमा सम्मेलन हुन लागेको हो । सो सम्मेलनमा नेपालले एक दशकामा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष प्रस्तुत गर्ने वातावरण मन्त्रालयले जनाएको छ ।

बाघको बास स्थान जोगाउनु तथा भूपरिवेष्ठित स्तरमा छिमेकी मुलुकसँग मिलेर संरक्षणका लागि काम गर्नु पर्ने प्रस्ताव पनि नेपालले सम्मेलनमा गर्नेछ । गत साउनमा सार्वजनिक तथ्यांक अनुसार नेपालमा ५५ वटा बाघ छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks