Loving nepal news

Saturday, November 27, 2010

सिन्धुलीगढीको विकासका लागि गुरुयोजना थालिनेः पर्यटन मन्त्री


कान्तिपुर संवाददाता

सिन्धुली, मंसिर १२ - पर्यटन तथा नागरिक उड्ययन मन्त्री शरतसिंह भण्डारीले ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको संरक्षण संर्वदनका लागि गुरुयोजना तयार गरी काम थालिने बताएका छन् ।

सिन्धुलीगढी क्षेत्र राष्ट्रिय अस्तित्वसँग गासिएको सामरिक महत्वको क्षेत्र भएकाले पर्यटन प्रर्वदनका लागि सरकारलेनै गुरुयोजना तयार गरी छिट्टैनै काम थालिने मन्त्री भण्डारीको भनाइ थियो ।

गृह जिल्ला महोत्तरी जाने क्रममा सिन्धुलीगढी क्षेत्र आइपुगेका मन्त्री भण्डारीले दुई समृद्धशाली मुलुक चीन र भारतको बीचमा नेपाल भएकाले आर्थिक उन्नतीका लागि गढी क्षेत्रलाइ पर्यटकीय स्थलका रुपमा विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

सरकारले पुर्वाधार तयार गर्ने र निजी क्षेत्रको संलग्नतामा पर्यटन विकास हुनुपर्ने उनको जिकिर छ । पर्यटनलाई आम जनताको आर्थिक उन्नतीको पाटो बनाउन सरकार कृयाशिल भएकाले तराईमा धार्मिक र महाभारत क्षेत्रलाई मनोरम प्राकृतिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने योजना सरकारको रहेको मन्त्री भण्डारीले खुलासा गरे ।

स्थानीयले गढी क्षेत्रलाई पर्यटकीय स्थलकारुपमा विकास गर्न भग्नावषेश बनेको एैतिहासिक दरबारलाई पुर्ननिर्माण, गढीक्षेत्रको घेराबेरा, नेपाल अंग्रेज यूद्धका बखत बरामद भएको तोप फर्काउनु पर्ने लगायत राखेको मागमा मन्त्री भण्डारीले सरकार स्थानीयसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks